पोखरा । क्षेत्री समाज नेपालका केन्द्रीय समितिका कोषाध्यक्ष पदमबहादुर कार्कीको अन्त्यस्टी गरिएको छ । शुक्रबार निधन भएका कार्कीको शव आइतबार अन्त्यस्टी गरिएको हो । विगत केही महिनादेखि अस्वस्थ रहेका कार्कीको उपचारका क्रममा विहीबार निधन भएको थियो ।
अन्त्येष्टी अघि कार्कीको शवलाई आइतबार पोखरास्थित क्षेत्री समाजको केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
सो समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापा, महासचिव कृष्ण कहादुर थापा , गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्री, कास्की जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले समाजको झण्डा ओढाइ सम्मान सहित बिदाई गरेको समाजका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
सो शोकसभामा समाजका केन्द्रीय पदाधिकारी,सल्लाहकार, प्रदेश जिल्लाका प्रतिनिधिहरु सहित विभिन्न जातीय समाज, व्यवसायीहरु, संघसस्ंथाका प्रतिनिधिहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
२०१४ असोज २४ गते झापामा जन्मेका कार्की विगत ३० वर्ष देखि पोखरामा रही निर्माण व्यवसायको साथमा क्षेत्री समाजको पूर्व जिल्ला अध्यक्ष, बहुउद्धेश्यि भवन निर्माण सचिव, विभिन्न धार्मिक, शैक्षिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा समेत क्रियाशिल कार्की नेकपा एमालेको पूर्व गण्डकी प्रदेश समिति सदस्य थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





