पोखरा महानगरपालिकाले पुराना बस्तीहरुलाई ‘हेरिटेज साईट’ बनाउने


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले पोखराका पुराना बस्तीहरुलाई समेटेर सम्पदा बस्ती (हेरिटेज साईट) बनाउने भएको छ ।

पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले पोखरा महानगरपालिकाले पोखराको पुराना बस्तीहरु रामकृष्ण टोल, गणेश टोल, तेर्सापट्टी, भैरव टोल, मोहोरिया टोल, विन्ध्यवासिनी आदि बस्तीहरूलाई सम्पदा बस्ती (हेरिटेज साईट) बनाउने बताए । परम्परागत पहिचान र विशिष्टता संरक्षण तथा संवद्र्धन गर्न सम्पदा बस्ती बनाउने र सो का लागि सो सम्बन्धि छुट्टै कानुन निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले महानगर भित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गहरूको अभिलेख तयार गरी नक्साङकन गर्ने जनाएको छ । रोयल ट्रेकलाई पुनः रेखाङ्कन गरी विकास तथा प्रवर्द्धन गर्नुका साथै “लेक टु लेक”, “केभ टु केभ” तथा “कोट टु कोट” पदमार्ग निर्माणका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाले महानगरका ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवद्र्धन गर्ने नीति लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।