
पोखरा । पोखरा महानगरपालिकाले पोखरा उपत्यकालाई समेटेर अध्यात्म केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
महानगरले धार्मिक, सांस्कृतिक सम्पदायुक्त, शान्त, सुन्दर पोखरा उपत्यकालाई अध्यात्म केन्द्रका रुपमा विकास गर्ने भएको हो ।
जसका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने जनाएको छ । पोखरा लेकसाईडस्थित कोमागाने पार्क, बसुन्धरा पार्क लगायतका सार्वजनिक पार्कहरूको सौन्दर्यीकरण गरी संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।