पोखरा महानगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०/२०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भयो। कार्यक्रममा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता थियो ।
वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। सहभागीहरूले योजनाहरूमा विभिन्न प्रश्नहरू उठाउँदै आवश्यक सुझाब, गुनासा र जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि, वडा कार्यालय र वडा बासी नागरिकहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, जनप्रतिनिधिलाई थप जिम्मेवार, कर्मचारीलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको बक्ताहरुल् बताए ।
संचारकर्मि दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा नागपिक प्रतिबेदन र बहिर्गमित अभिमत सर्भेको बिश्लेषणात्मक प्रस्तुती, वडाको “वडा प्रोफाइल” भिडिओ डकुमेन्ट्री, वडा सचिब कुलराज पौडेलले चालु आ ब २०८०/८१ मा जारी कार्यक्रम र बजेटसॅंग सम्बन्धित वडा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सार्बजमिक सुनुवाईमा वडा बासीले वडा भवन निर्माण, बसपार्क, पुस्तकालय, सुकिम्बासी व्यवश्थापन, व्यवसाय कर, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार र कार्यालयबाट प्रबाह गरिने सेवा सहज सुधार योजना बारे प्रश्न गरेका थिए ।
वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उठेका प्रश्नहरुको जवाफ दिदै सुझाबहरु कार्यान्नयनमा लैजाने प्रतिबद्दता ब्यक्त गरे । वडा अध्यक्ष मर्सानीसहित वडा सदस्यहरु नन्दराम गिरी, गीता चर्माकार, भाबना श्रेष्ठ, लक्ष्मी पहारी लगायतले उत्साहजनक सहभागिता र खबरदारीकालागि घन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरू निरन्तर रुपमा आयोजना गर्दै जाने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।