पोखरालाई खेलकुद सहरका रुपमा विकास गरिने


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरा महानगरपालिकाले पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो नीति तथा कार्यक्रम ल्याइएको बताएका हुन् ।

यसकालागि महानगरले पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने तथा साहसिक खेल प्रवद्र्धन गर्ने नीति लिएका प्रमुख आचार्यले बताए । उनका अनुसार खेलकुद विकासका लागि पोखरा–२० र २३ मा हाइ अल्टिच्यूड खेल मैदान निर्माण गर्न आवश्यक अध्ययन गरिने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।