साङ्केतिक तस्विर
पोखरा । पोखरामा पार्किङ गरि राखेको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका–२ देप्चेटोल बस्ने विशाल मगराती २० रहेका छन् । मगरातीलाई आइतबार राती पोखराको इन्द्रचोकस्थित पार्किङमा राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाईकल चोरी गरि डोह्राउँदै हिँडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पार्किङमा राखेको मोटरसाइकल हराएको सुचना पाउनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट पुगेको प्रहरीले उनलाई मोटरसाइकल सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका मगरातीलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







