पोखरा महानगरको बजेट : तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि डेढ अर्ब


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिकाले पूर्वाधार विकासका लागि प्राथमिकताका साथ बजेट छुट्याएको छ । महानगरले सोमबार ल्याएको बजेटमा विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड विनियोजन गरेको हो ।

त्यस्तै, बीपी मार्ग सडक स्तरोन्नतीका लागि ८ करोड बजेट विनियोजन गरेको महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।