फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । फेवातालमा माछा मार्ने क्रममा डुबेर बग्लुङ घर भई हाल पोखरा–१८ खपौदी बस्ने सुक बहादुर मगर (३३) को मृत्यु भएको हो ।

फेवातालको सिरान हर्पन खोलमा माछा मार्न गएका मगरलाई अचानक आएको बाढीले बगाएपछि उनी बेपत्ता भएका थिए ।

वेपत्ता भएका मगरलाई खोज्न फेवातालस्थित सशस्त्र प्रहरी बल एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली, वडा प्रहरी कार्यालय बैदाम कास्की, नेपाली सेनाको संयुक्त उद्दार टोली खटिएको थियो ।

टोलीले मगरलाई उद्धार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हाल उनको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।