पोखरा । एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ । एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो । कार्यक्रममा बैंकका गण्डकी शाखा प्रमुख दीपेन्द्र शर्मा र आस्था प्रियादर्शीले संयुक्त रुपमा मास्टर कार्डको लञ्चिङ गरे ।
पर्यटनको राजधानी पोखराबाट मास्टर कार्ड लञ्चिङ गरेर डिजिटल क्षेत्रमा एनआईसी एसिया बैंक अग्रणी भएको सन्देश दिएको बैंकका गण्डकी शाखा प्रमुख दीपेन्द्र शर्माले बताए । पोखरामा सबै देशबाट पर्यटकहरु आउँछन्,उनले भने,‘उनीहरुलाई मास्टर कार्डबाट बैंकिङ कारोबार सहज रुपमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौं ।’
बैंकले जारी गरेको मास्टर कार्ड डेविट र क्रेडिट कार्डको एडभान्स रुप भएको शर्माको भनाई छ । यो अन्र्तराष्ट्रिय रुपमा रिकोजनाईज्ड कार्ड हो,उनले भने,‘ब्राण्डका रुपमापनि छ र राम्रोपनि छ । ग्लोबल्ली चल्ने भएकाले सहजपनि हुन्छ ।’ उनका अनुसार मास्टर कार्ड विश्वका २१० देशमा नेटवर्क भएको कार्ड हो । यूरोप, अमेरीकामासमेत मास्टर कार्डको प्रयोग हुने गरेको उनले जानकारी दिए । आईतबार लञ्चिङ गरेको मास्टर कार्ड नेपाल, भारत र भुटानमा चल्ने उनले बताए । ‘अन्य देशमापनि चल्छ तर डलर कार्ड ईस्यू गरेपछि मात्र’–उनले भने ।
मास्टर कार्ड नया र पुराना दुबै खालका सेवाग्राहीलाई एक वर्षसम्म निःशुल्क वितरण गरिने उनले बताए ।
बैंकका डिजिटल बैंकिङ चिफ नरेन्द्र मैनालीले मास्टर कार्डले बैंकका सेवाग्राहीलाई सेवाका लागि सहज स्थिति बन्ने विश्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







