पोखरा । धादिङ–पोखरा सम्पर्क समाजद्वारा आयोजित २१औं खुला रक्तदान कार्यक्रममा एक सय ३७ युनिट रगत संकलन भएको छ । समाजले २६औं स्थापना दिवसको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जत्तिको पवित्र कार्य अन्य हुन नसक्ने बताए । उनले धादिङवासीलाई पोखरामा एक्लो महसुस हुन नदिने भन्दै प्रत्येक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाजका अध्यक्ष रामप्रसाद पाण्डेले रक्तदान समाजको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको भन्दै रगत संकलनमा प्रत्येक वर्ष आफ्नै रेकर्ड तोडिँदै गएको बताए ।
पूर्वअध्यक्षद्वय युवराज खतिवडा र कृष्णबहादुर लम्सालले धादिङवासीको एकताले नै यस्ता कार्य सम्पन्न हुँदै आएको बताए ।
पूर्वउपाध्यक्ष कमलबहादुर पाण्डेले समाज स्थापना भएदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आइरहेको बताए ।
धादिङ त्रिपुरा बराही महिला समूहकी द्वितीय उपाध्यक्ष विन्दा धरेलले धादिङवासीको सेवामा समाज र महिला समूहबीच विगतमा पनि सहकार्य भएको र भविष्यमा पनि हुने बताइन् ।
समाजका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमम वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठले स्वागत र महासचिव हरि पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।
समाजका कार्यसमिति सदस्य युनिक बानियाँको संयोजकत्वमा, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







