असार १७ पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ ।
कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
यसअघि कास्कीका पाँच ओटै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसंगै कास्की घोषणाको बाटोमा अघि बढेको पौडेलले जानकारी दिए ।
यो घोषणासंगै कास्कीका कुनै पनि खोप लगाउने उमेर समुहका नवजात शिशु तथा बालबालिकाहरू खोपबाट बञ्चित नभएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा समितिका सदस्य सचिव राम बहादुर नेपालीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






