फाइल तस्विर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गरेका छन् ।
उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख गरे । एमाले र कांग्रेसबीच यस सम्बन्धमा सहमति भएको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







