पोखरामा एटिएम मेसिन तोडफोड गरि चोरी गर्न खोज्दा एकजना पक्राउ


     एभरेस्ट आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित




सांकेतिक तस्बिर ।

पोखरा । पोखरामा बैंक एटिएम फोड्न लागेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

मंगलबार राति करिव साढे २ बजे पोखरा ५ जिरोकिलोमिटर स्थित एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरि चोरी गर्न खोजेको भन्दै धादिङ सिद्वलेख गाउँपालिका वडा नं. ३ का २३ वर्षिय रुपेश नेपालीलाई पक्राउ गरिएको हो ।

नेपालीलाई अहिले कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा दिन सात ९७० को म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।