पोखरा – २६ का महिलालाई क्षमता विकास तालिम प्रदान


     एभरेस्ट आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाका लागि क्षमता विकाससम्बन्धी ३ दिने तालिम दिएको छ ।
मंगलबार आयोजित तालिम समापनमा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानको हस्तान्तरणले महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि वडा नं. २६ मा महिलाले नै योजना तर्जुमा गरेको उल्लेख गर्दै आगामी दिनमा वडामा हुने सार्वजनिक सरोकारका कार्यक्रम चलाउने गरी तयारी गर्न आग्रह गरे ।
क्षमता विकासका लागि अन्यत्रसँग डुप्लिकेसन नहुने गरी कार्यक्रम निर्माण गर्न आग्रह गर्दै उनले वडाका हरेक गतिविधिमा नवीनता आउनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं. २६ की वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, तीर्थबहादुर राजभाट, वडा सचिव लीलामणि भण्डारी, सहभागीको तर्फबाट संगिता केसी र विष्णु ढकालले तालिम उपयोगी भएको बताए ।

तालिममा दीपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सेना पगेनी, जमुना वर्षा शर्मा, घनश्याम पाण्डे, सञ्जय मल्ल, नवराज सापकोटा वडा नंं २६ का कर्मचारी इन्दिरा रेग्मीले सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।