फाइल तस्विर
काठमाण्डौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।
न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको छ ।
अब तीन न्यायाधीशको पूर्ण इजलासले फैसला सुनाउने छ । बिहीबार मुद्दाको टुंगो लाग्न सकेन ।
सहकारीको रकम हिनामिनामा कुनै उजुरी, जाहेरी वा अभियोजन नरहेको भनी महान्यायाधिक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई दिएको पत्र बदरको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दिएका थिए । महान्यायाधिवक्ता कार्यालयले कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर पत्र दिएको थियो ।
अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिनका क्रममा उपप्रधान तथा गृहमन्त्रीबाट हटाउन, सांसद पदबाट पनि निलम्बन गर्न माग गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







