असार २१ काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई आज बिदाइ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकाना दिएका छन् ।
समारोहमा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेलमैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पु¥याउन सकिने बताए । उनले खेलाडीहरुको वृत्तिविकासका लागि सङ्गठन सदैव तत्पर रहेको बताए । बिदाइ हुने खेलाडीमा सीता रानामगर, राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् ।
प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा सञ्चालन हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






