पोखरा । पोखरामा शनिवारदेखि ५ दिने “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” शुरु भएको छ । पोखरा ६ लेकसाइडमा अवश्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा शिविर शुरु भएको हो ।
शिविरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग केन्द्र पार्दी शाखाका प्रमुख ब्र कु अमृत दिदीले प्रबचन दिनेछन् ।
शिविरमा सकारात्मक चिन्तनका लागि आत्म दर्शन एवं परमात्मा दर्शन, तनावमुक्त जीवनका लागि जीवन र जगतको रहस्य, मूल्यनिष्ठ जीवनका लागि कर्मको गहन गति, मानसिक शान्तिका लागि मानव जीवनको वास्तविक लक्ष्य, खुशीयाली जीवनकालागि राजयोग मेडिटेशनको अभ्यास लगायत बिषयमा प्रबचन दिइने प्रशिक्षक ब्र.कु.अमृतले जानकारी दिइन् ।
पोखरा ६ जरेबरको ओम शान्ति भवन ठाडो पसलमा आज असार २२ गते शनिवारदेखि २६ गते बुधबारसम्म पूर्वान्ह ११ बजेदेखि १ बजेसम्म प्रबचन हुने लेकसाइड शाखाकी प्रमुख ब्र.कु.पुनम दिदीले बताइन् । कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।