पहिरोले पोखरा–३२ का राजनको भान्सा क्षति


     एभरेस्ट आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । अविरल वर्षाका कारण पोखरा–३२ को डाडाँगाउँमा राजन विकको भान्साघर भत्किएको छ ।

शुक्रबारदेखि अविरल परेको वर्षाका कारण विकको कच्ची घरसँगै जोडिएको भान्साकोठामा पहिरोले क्षति पुर्याएको हो । माथिबाट खसेको पहिरोले भान्साकोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ । शनिबार विहान ८ः४५सम्म पोखरामा १३०.५ मिमि वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।