सेती नदीमा बाढी
पोखरा । पोखराको सेती नदीमा पानीको बाहाब बढेसँगै नदी किनारमा बसोबास गर्दै आएका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबारदेखि अविरल वर्षाका कारण नदीमा पानीको बाहाब बढेसँगै पोखरा – १४ गोष्टी टोलस्थित नदी किनारमा बसोबास गर्दै आएका ५ घरपरिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
नदीमा पानीको बाहाब बढेसँगै सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै उनीहरुलाई सम्पुर्ण सामग्रीहरु सहित गोष्टी टोल बिकास संस्थाको भवनमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार बाढीको जोखिमा रहेका बिष्णु माया सुनुवारका ५ जना, डोल्मा शेर्पाका ७ जना, सुकदेव गुरुङका ४ जना, डावा शेर्पाका ४ जना र काजी शेर्पाका ३ जनाको परिवार २३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ । शनिबार विहान ८ः४५सम्म पोखरामा १३०.५ मिमि वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







