
पोखरा । पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथा सङ्ग्रह”अस्तु” को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले “अस्तु” कथा सङ्ग्रहको समीक्षा गर्दै, कथाकार पुरण राईका कथा लेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरु मौलिक रहेको , विषयवस्तुको चयन , आख्यान बुनौट शैली र प्रस्तुती प्रशंशनीय रहेको बताए।
स्रष्टा परिचय दिदै दीपक समीपले डा.पुरण राई साहित्यको विविध विधामा उतिकै सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाए । प्रमुख अतिथि साहित्यकार सरुभक्तले पुरण राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गरे ।
कथाकार डा। पुरण राईले आफ्नो लेखन पक्षको बारेमा बताउदै लेखकले आफ्नो समाजकोलागि केही न केही योगदान दिनु पर्न बताउँदै आफूले साहित्य लेखनको साथ साथै अनलाइन अभिलेख स्थापना गरि साहित्यको उन्नयनकोलागि विविध क्रियाकलाप गर्दै आइरहेको बताए ।
सोहि कार्यक्रममा अनलाइन अभिलेख प्रालिले चार जना साहित्यकारहरुलाई अभिलेख सम्मानबाट सम्मान गरेको छ।
सम्मानित हुने साहित्यकारहरुमा सरस्वती श्रेष्ठ सरु, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र सञ्जीव पौडेल रहेका छ्न्।
वरिष्ठ साहित्यकार सरुभक्त र अनलाइन अभिलेखका डा. पुरण राईले संयुक्त रुपमा साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मान गरेका थिए।
पुछारसिटे अभियानका सुरज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा श्रीराम अधिकारी गोर्जेले कार्यक्रम सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।