गगनकालिकामा ३७ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित




असार २४ पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।

रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे।

कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पारे । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।

अध्यक्ष परियारको अध्यक्षता एवम् सचिव शरणकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक गीता थापाले स्वागत गरिन् भने सहकारीका सात सिद्धान्त बाचन लेखा समिति सदस्य भीमकुुमारी खत्रीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।