सशस्त्र प्रहरीद्वारा डुवानमा फसेका चार जनाको सकुशल उध्दार


     एभरेस्ट आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगर २७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस्का स्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले उनीहरुको सकुशल उद्धार गरेको हो। 

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका बर्ष ५४ का राम बहादुर अधिकारी, वर्ष ३९ कि सृजना अधिकारी, वर्ष ६ को आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई  डुब्न लागेको अवस्थामा आज उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।