
असार २६ पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२४/०२५ का लागि नवनिर्वाचित नेतृत्वलाई माइन्यूट हस्तान्तरण गरिएको छ । लायन वर्ष २०२३/०२४ का अध्यक्ष लायन रूद्रबहादुर श्रीसले नवनिर्वाचित अध्यक्ष लायन सन्तुदेवी सुवेदीलाई माइन्यूट हस्तान्तरण गरिएको हो ।
सोमबार आयोजित माइन्यूट हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबकी संस्थापक अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालकी लायन्स ब्राण्डिङ डिपार्टमेन्ट प्रमुख पीएमजेएफ लायन कोपिला श्रीसले नयाँ नेतृत्वले क्लबलाई क्रियाशील बनाउने विश्वास लिएको बताइन् । क्लबले सामाजिक सेवा र नेतृत्व विकासमा विशेष जोड दिनुपर्ने बताउँदै आगामी लायन वर्षमा क्लबलाई नयाँ उचाइमा पु¥याउन नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिइन् ।
त्यस्तै, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट लायन्स ब्राण्डिङ डिपार्टमेन्टका सचिव लायन कुश्मराज सुवेदीले क्लबले स्थापनाको छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएको बताउँदै नियमित बैठक र सेवा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
क्लबकी पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका डिपार्टमेन्ट सहसचिव लायन उषा थापाले क्लबलाई नेतृत्व उत्पादनको माध्यम बनाउनुपर्ने बताउँदै सामाजिक सेवाका कार्यमा पनि उत्तिकै क्रियाशील बनाउनुपर्नेमा जोड दिइन् ।
क्लबकी नवनिर्वाचित अध्यक्ष लायन सन्तुदेवी सुवेदीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै क्लबलाई अघि बढाउन आफूले अग्रजको साथ लिएर अघि बढ्ने बताइन् । सबैको साथ र सहयोगले क्लबलाई अघि बढाउन सहज हुने उल्लेख गर्दै उनले सबैको हातेमालो भए जुनसुकै काम पनि गर्न सकिने बताइन् ।
नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै लायन वर्ष २०२३/०२४ का अध्यक्ष लायन रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण साथ रहने प्रतिबद्धतासहित शुभकामना व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष श्रीसले संस्थापक अध्यक्ष लायन कोपिला श्रीससहित पूर्व अध्यक्षद्वय लायन कुश्मराज सुवेदी र लायन उषा थापालाई प्रशंसापत्रसहित सम्मान गरेकी थिइन् ।
यसैबीच, कार्यक्रममा क्लबकी नवनिर्वाचित अध्यक्ष लायन सन्तुदेवी सुवेदी लायन्स इन्टरनेशनलको अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन अष्ट्रेलियाको मेलबर्न जान लागेकोमा सुखद यात्राको कामना गर्दै क्लबले बिदाइ गरेको छ ।
साथै, करिब तीन महिना अष्ट्रेलिया भ्रमणमा रहने भएका कारण नवनिर्वाचित अध्यक्ष सुवेदीले क्लबको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष लायन सुशीला विश्वकर्मालाई जिम्मेवारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।