सन्देश श्रेष्ठ
पोखरा, असार २८
पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछि आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवार ७ जनाको ज्यान गएको हो ।
पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार । आमा ८५ वर्षीया लक्षीमा परियारको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कास्कीलाई जनाएको छ । त्यस्तै पहिरोले परियारकी छोरी १५ वर्षीया प्रश्ना परियार, चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा परियार, ज्वाँई २५ वर्षिय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जनाइएको छ । अन्यको मृत्यु पछि शव निकालिएको हो भने राधिकालाई उद्धार गर्दा लडेर घाइते भई घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीको कालिका गणका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र विष्टलाई उधृत गर्दै सशस्त्र प्रहरी उपरिक्षक अरुण शर्माले जानकारी दिए ।
पहिरोले मृतक राधिका परियारका छोरा ३१ वर्षिय कुमार परियार तथा अर्का मृतक कुलबहादुर परियारका १९ वर्षिय पवन परियार घाइते भएका छन्। कुमारको हात भाँचिएको र पवनको ढाडमा चोट लागेको उनले बताए । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।
त्यस्तै राती नै आएको पहिरोमा परि पोखरा ३२ को चैनपुरमा ३ को मृत्यु भएको र मादी ११ मा १ बेपत्ता १ को उद्दार गरिएको कालिका गणका गणपति शर्माले जानकारी दिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






