पहिरोको सांकेतिक तस्बिर
सन्देश श्रेष्ठ पोखरा, असार २८ पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराती आएको पहिरोले आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिकी दाईकी छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो । पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ । उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा घर पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको पनि मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उक्त पहिरोमा पुरिएका ओमबहादुर गुरुङलाई भने सकुसल उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







