राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी


     एभरेस्ट आवाज    
     असार २९ गते २०८१ मा प्रकाशित




असार २८ काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताएका हुन् ।

सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताए । “कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उनले भने, “हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुप¥यो ।”

सांसद केसीले संविधानका आधारभूत कुरा संसोधन गर्न नपाइने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।