सहयोगी मनहरुको समाजद्वारा दुई क्यान्सर पीडितलाई ३० हजार सहयोग


     एभरेस्ट आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित




पोखरा, असार २९

सहयोगी मनहरुको समाजले दुई जना ब्लड क्यान्सर पीडितलाई कुल ३० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ईजराईल रिटर्न पोखराको प्रथम अधिवेशनको अवसर पारेर ब्लड क्यान्सर पीडित द्वय पोखरा महानगरपालिका वडा नम्बर(२९ आदर्शचोकका ५ वर्षिया बालिका स्मारिका थापा र स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर(१ का १९ वर्षिय अभिषेक नेपालीलाई नगद रु १५÷१५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रममा संस्थाको तर्फबाट ईजराईल रिटर्न पोखराका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ र उपाध्यक्ष सुनिता पन्त पौडेलले रकम हस्तान्तरण गरे ।

ईजराईलमा रहेको हेल्पिङ ह्याण्ड्सबाट प्रेरित भई नेपालमा हाम्रो सहयोगी समाज खडा गरेर दीन, दुःखी, पीडितलगायतलाई सहयोग गर्दै आएको संस्थाकी सदस्य रहेकी ईजराईल रिटर्न पोखराकी संस्थापक उपाध्यक्ष सुनिता पन्त पौडेलले जानकारी दिईन् । उनका अनुसार ईजराईलबाट फर्किएकाहरु सदस्य रहेको संस्थाले कोष खडा गरेर त्यसको ब्याजबाट सहयोग गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।