
पोखरा । पोखरामा गत बुधबार (२६ असारमा) पहिरोले घर पुरिँदा मृत्यु भएका युवकको परिवारलाई सरकारी कोषबाट राहत उपलब्ध गराइएको छ ।
विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धि नेपाल सरकारको मापदण्ड २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट राहत दुई लाख हस्तान्तरण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारीहरु घरमै पुगेर भीमका बुवा मनबहादुर थापालाई उक्त रकम प्रदान गरिएको कास्की प्रशासनले जनाएको छ ।
पोखरा महानगरपालिका– २७ सहेलापाखा, कटहरको बोट स्थित मन बहादुर थापा क्षेत्रीको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा मनबहादुरका २२ वर्षीय छोरा भिम थापा क्षेत्रीको मृत्यु भएको थियो ।
प्रहरीले भिमकी आमा ५० वर्षीया कमला थापालाई भने सकुशल उद्धार गरेको थियो । मनबहादुर भने कामको सिलसिलामा पोखरामा रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।