हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम


     एभरेस्ट आवाज    
     असार २९ गते २०८१ मा प्रकाशित




पोखरा । महिलाहरुको प्रतिभा प्रस्फुनका लागि आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम भएको छ ।

पोखरा महानगरपालिका – १५ स्थित कोलपाटन आमा समूहको आयोजनामा माहिला हरुको प्रतिभा र क्षमता प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालन गरिएको हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा द्वितीय सृजना मार्गा आमा समूह, तृतिय चेतना कृषक समूह र प्रतिभा आमा समूह ले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई क्रमश नगद रु ७ हजार, ५ हजार , ३ हजार र २ हजारसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा पोखरा–१५ का २० वटा आमा समूहहरुको सभागिता रहेको थियो ।

कार्यक्रमको पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाले उद्घाटन गरे । कार्यक्रममा पूर्व अध्यक्ष पार्वती कार्कीले आमा समूहका गतिविधिका बारेमा बोलेकि थिइन् ।

सो अवसरमा आमा समूहका विभिन्न गतिविधिमा सहयोग गर्नेहरु समाजसेवी टिका बहादुर भण्डारी, रामचन्द्र पौडेल, पुष्पराज पराजुली र रेन्बो एकेडेमिक होम्स विद्यालयलार्इ सम्मान गरिएको थियो ।

आमा समूहका अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बा पराजुलीले स्वागत र सञ्चालन सचिव करुणा बरालले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।