
स्थानीय बजारमा सोमबार सुनको भाउ बढेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।