बढ्यो डिजल, पेट्रोल र मट्टितेलको मूल्य


     एभरेस्ट आवाज    
     असार ३२ गते २०८१ मा प्रकाशित




असार ३१ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ४ रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १७१, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १६० पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।