साङ्केतिक तस्विर
पोखरा । पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यू भएको छ ।
मंगलबार दिउँसो पोखरा २३ घाँटीछिना स्थित हर्पनखोलमा पौडी खेल्ने क्रममा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका – ७ घर भई पोखरा ८ नागढुङ्गा बस्दै आएका वर्ष २८ का सन्तोष सिङखडाको मृत्यु भएको हो ।
दिउँसो २ बजे पौडी खेल्न हर्पनखोलामा पुगेका सन्तोष डुबेर बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट र सशस्त्र प्रहरी बल नं.२४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिई गई दिउँसो १५ः२० बजे मृत अवस्थामा फेला पारेको थियो ।
हाल उनको शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







