सुनको भाउ अहिलेसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८१ मा प्रकाशित




सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुन दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरि, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।