पोखरा । पोखरामा शुक्रबार डुबेर छुट्टा–छुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा हर्पन खोलामा २ जना र माछा मारेको हेर्ने क्रममा गुदेतालमा एक जनाको मृत्यु भएका हो ।
दिउँसो पौने ४ बजे पोखरा– २३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका मोहोरिया टोलका वर्ष १८ का प्रकृत बुद्धचार्य र बाग्लुङ बसपार्कका वर्ष १८ का स्वयं ताम्रकारलाई मृत अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्याल कास्कीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाथ पुगेको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाको उद्दार टोलीले घटना भएको झण्डै एक घण्टापछि दुवै जनाको शव खोलाबाट बाहिर निकालेको थियो ।
बुद्धचार्य र ताम्रकारसहित ६ जना भएर पौडी खेल्न हर्पनखोलामा पुगेका थिए । अन्य ४ जना भने सकुसल छन् ।
यस्तै, पोखरा –२६ स्थित गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही वडाको प्रगतीटोलमा बस्दै आएका विकाश परियारका ६ वर्षिय छोरा सचिनको तालमा डुबेर मृत्यु भएको हो ।
बुबासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबेको अवस्थामा स्थानिय उनका बुबाले देखेपछि उद्दार गरि उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
लमजुङको मध्य नेपाल करापुटार घर भई विकाशको परिवार प्रगती टोल बस्दै आएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







