पोखरा–१९ घार्मी मैदानबासीको पीडा : ‘पहिरो रोक्न ३ वर्षदेखि प्लाष्टिकको भर, जाग्राम बस्छन् रातभर’


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८१ मा प्रकाशित




पोखरा, साउन ५

पोखरा महानगरपालिका वडा नम्बर–१९ लामाचौर र ढिकीडाँडा जोड्ने अमलाबिसौनी–घार्मी–अम्बरेश्वर सडकखण्ड २०७७ सालमा स्तरोन्नती भयो । सडक बिस्तारसँगै स्तरोन्नती गरेको एक वर्ष नबित्दै घार्मी मैदान (भुमेश्वर आधार विद्यालय) अगाडिको सडकमा चिरा प¥यो । घरमाथिको सडक चिरा परेर पहिरो खस्न लागेपछि बस्ती जोगाउनका लागि स्थानियले वडा सरकार गुहा¥यो । वडाले तत्काल सडकलाई प्लाष्टिकले ढाकेर पहिरो जानबाट रोक्ने प्रयास ग¥यो ।

तर तत्कालका लागि प्लाष्टिकले ढाकेर पहिरो रोक्न गरेको प्रयास ३ वर्ष बित्यो । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै ३ वर्ष बित्दापनि सडक भने बनेन । सडक नबन्दा अहिले त्यहाँका स्थानिय त्रसित छन् । घरका बलियाबाङ्गा सबै विदेश छन् । अहिले घरमा अधिकांश महिला र केटाकेटी मात्र छन् । अविरल वर्षा भइरहँदा उनीहरु जाग्राम बसेर रात कटाउँछन् । अझ असार २७ गते राती छिमेकी गाउँ पोखरा–१९ तल्लाकोटमा पहिरो गएर एकै परिवारका ६ जनासहित ७ जनाको ज्यान गएपछि उनीहरुको जीवन त्रासैत्रासमा बितिरहेको छ । भन्छन्,‘कतै तल्लाकोटकोजस्तै घटना आफ्नो ठाउँमापनि दोहोरिन्छ कि भनेर सुत्नै सक्दैनौं ।’

सडक चिरा परेको ३ वर्ष बित्दासमेत सडक नबन्दा ५ घर जोखिममा परेका छन् । जसका कारण त्यहाँ बस्ने ३० जना प्रभावित बनेको स्थानिय कृष्णप्रसाद पौडेलले बताए । एउटा परिवार भने घर माया मारेर अन्तै बस्न थालेका छन् । रातदिन हारगुहार गर्दापनि सडक बनाउने तत्परता देखाएनन्,उनले भने,‘वडाले वर्षेनी सकडलाई पाल ओढाउँदै राखेको छ । यो आँखामा छारो हाल्ने काम मात्र भयो । हामी जोखिममा प¥यौं ।’ बाटोको उचाई र चौंडाई बढाउँदा सडक चिरा परेको उनको दाबी छ । बाटो ठाडै बनाएपछि पहिरोको जोखिम त परिहाल्छ नि !,उनले भने,‘सडक बनाउनुप¥यो । हाम्रो जमिन सुरक्षित गरिदिनु प¥यो ।’

स्थानिय रञ्जु पौडेलले कतिखेर पहिरो आएर लैजान्छ भन्ने अत्यासले रातभर सुत्न नसकेको बताउँछिन् । बाटोको भल कोठामै पस्छ,उनले भनिन्,‘श्रीमान विदेश हुनुहुन्छ । हामी रातभर अत्यासिन्छौं । दिनभर काम गरेर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।’

उमेरले बुढ्यौली लागेकी ७० वर्षिया बृद्धा ईन्द्रमाया पौडेल ज्यानको खतरा मोलेर घरमा बस्नुपरेको गुनासो गर्छिन् । रात कहिल्यै नपरेहुन्थ्यो लाग्ने गरेको भन्दै उनले भनिन्,‘राती पानी दर्किदा मन थर्किन्छ । थरथर ज्यान काम्छ । तर के गर्नु ? नजिकमा आफन्त छैनन् कहाँ जानु ? बसौं ज्यानको खतरा छ ।’

पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे वडाको बजेटले नधान्ने भएकाले सडक बनाउन नसकिएको निरीहता पोख्छन् । वडाले सक्ने पाल टाँगेर समस्याको अस्थायी समाधान गरेको भन्दै उनी भन्छन्,‘हाम्रो बजेटले धान्दैन । प्रदेशमा योजना पठाएका थियौं तर बजेट परेन ।’ उनले स्थानियलाई केहि समय अन्तै स्थानान्तरण गर्नुपर्ने बताए । उहाँहरुलाई ठाउँ छाडेर अन्तै जानूस् भनेर आग्रह गरेका छौं,उनले भने,‘तर उहाँहरु छाड्न मान्नु हुँदैन । जोखिम मोलेर बस्दा कुनैपनि समय दुर्घटना हुनसक्छ ।’

स्थानिय कृष्णप्रसाद पौडेल थातथलो छाडेर नसकिने बताउँछन् । कसैले जा भन्दैमा जान सकिदैन,उनले भने,‘बर्खाभरीको समय करीब २ महिनाका लागि अस्थायी सर्छौं । तर सँधैका लागि थातथलो छाड्दैनौं । यसैलाई सुरक्षित बनाईदिनूस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।