बिपीले अघि सरेका विचार अहिलेपनि उत्तिकै सान्दर्भिक छन् : मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित




साउन ६ पोखरा । ४२औँ बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यक्रममा बिपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ । ‘नेपाल, बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा वक्ताहरूले युगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याएको योगदान अतुलनीय रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालीन समयमा बिपीले अघि सार्नुुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । त्यही विचार र दूरदृष्टिका कारण स्व कोइरालाको छवि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उचो उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकलाई गन्तव्यमा पु¥याउन असहज हुने गरेको बताउँदै समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपीका समयमा भारत, चीन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको उल्लेख गर्दै त्यसलाई कायम राख्न नसकिएको जिकिर गरे । उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले बिपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता तिलक पराजुुलीले स्व कोइराला कांग्रेसका मात्र नभइ सबैको गुरू भएको धारणा राखे । उनले पछिल्लो समय पठन संस्कृति हराउँदै जान थालेकाले बिपीबाट पठन संस्कृति सिक्नुपर्नेमा जोड दिए ।

बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बाँस्तोला (मधु) को सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, दीपेन्द्र पराजुुली, प्रा डा कुसुमाकर पराजुली, शिव त्रिपाठी लगायतले बिपी कोइरालाको योगदान, विद्यमान पठन संस्कृति लगायत विषयमा चर्चा गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।