विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘अब यस्तो घटना नहोस्’


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित




साउन ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता दुःखदायी घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनास्थल अवलोकनपछि नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा आज बिफ्रिङ लिँदै प्रधानमन्त्रीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता घटना नहोस् भन्नेतर्फ सबै सजग हुनुपर्छ भने । उनले घटना कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद्, हृदयविदारक र अकल्पनीय भएको बताए ।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा र कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला रहेका थिए ।

आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।