गायिका तुलसी क्षेत्रीको नयाँ गीत ‘जुल्फी लर्काई’ सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित




१० साउन, पोखरा । नेपाली सांगीतिक क्षेत्रमा स्थापित र चर्चित गायिका तुलसी क्षेत्रीले नयाँ तीज गीत बजारमा ल्याएकी छन् । उनले आफ्नो युट्युब च्यानलबाट नयाँ गीत ‘जुल्फी लर्काई’ सार्वजनिक गरेकी हुन् ।
शिव हमालको शब्द तथा संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । मिक्सिङ प्रिज्म रेकर्डिङ र रेकर्डिस्ट तारानाथ आचार्य हुन्।
म्युजिक भिडियोमा चर्चित मोडल उषा उप्रेती लगायत कलाकारहरुको अभिनय रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशक तथा कोरियोग्राफरको रुपमा काम गरेकी छिन् । रेग्मीले खिचेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

तुलसी क्षेत्री नेपाली लोक गायन विधामा चर्चित गायिका तथा मोडल हुन् । उनले यसअघि चामल चौलानी (गायिका), माइतैमा दिलै बस्यो बरिलै (गायिका तथा मोडल), बाला जोबनैमा (गायिका, बा ढिला भैसक्यो (गायिका), कसो गरम्ला (गायिका तथा मोडल), मोहनी फुकाइ देउ (गायिका जस्ता चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्। यस ऐ जमाना (गायिका तथा मोडल), मनको माया (गायिका तथा मोडेल), रोधी घर (गायिका), सानु मायालाई (गायिका), साइला दाइ (गायिका), झिलिमिली थार (गायिका), धडाको खोल्सो (गायिका), मेरी माया जाति (गायिका), जाम झोला बोकेरा (गायिका), के मा बस्यो मोहनी (गायिका), कस्को होला बोली (गायिका), जवानी मागेका कुरा (गायिका तथा मोडल) हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।