विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमको श्रद्धाञ्जली


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित




साउन १० काठमाण्डौं । नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ–पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जानाप्रति श्रद्धान्जली प्रकट गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते हुनुभएको थियो । निगमले घाइते भएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहान काठमाण्डौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।