जन्मदिनको अवसरमा नागरीक परोपकारलाई सहयोग


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित




लेखनाथ । लायन्स इन्टरनेशनल डिट्रिक ३२५ एल अन्तरगतको लायन्स क्लब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष एवम् डिष्ट्रिक एडिसनल क्याबीनेट सेके्रटरी प्रभा भुजेलकी आमा देवी भुजेलको जन्म दिनका अवसरमा नागरीक परोपकार समन्वय संस्थालाई सहयोग गरिएको छ ।

भुजेल परिवारले जन्मोत्सवमा गरिने फजुल खर्चको अनुसरण नगरी कास्कीको लेखनाथमा रहेको नागरीक परोपकार समन्वय संस्थालाई कपडा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले लायन्स क्लब र नागरीक परोपकार संस्थाको एउटै बिचार सामाजिक कार्य भएको बताए । लायन्सले गरेका सामाजिक कार्यको चर्चा गर्दै कपडा हस्तान्तरण गरी सहयोग गर्ने देवी भुजेललाई जन्म दिनको शुभकामना व्यक्त गरे ।

यसै गरी लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एलका एडिशनल क्याबिनेट सेके्रटरी प्रभा भुजलले आफ्नो आमाको जन्म दिनको अवसरमा थोरै भए पनि असाय, दिन दुःखीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै नागरीक परोपकार समन्वय संस्थाले उचित व्यक्तिलाई कपडा पुग्ने विश्वास व्यक्त गरीन् ।

यसै गरी नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारीले नागरीक परोपकार संस्थाले आवश्यक परेका व्यक्तिलाई संस्थाको कार्यालयबाट कपडा, खाद्यान्न सामग्री वितरण गरिएको जानकारी गराउँदै यस पुण्य कार्य गर्नुभएकोमा देवी भुजेललाई धन्यवादन दिंदै जन्म दिनको शुभकामना व्यक्त गरे ।

क्लबका अध्यक्ष अरुण चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव वर्षा मगरले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।