रेवान पर्यटन पत्रकारिता पुरस्कारबाट सन्तोष पोखरेल पुरस्कृत


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित




साउन ११ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष पोखरेल पुरस्कृत भएका छन् ।

शुक्रबार सम्पन्न रेवानको ३० औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनमा पत्रकार सन्तोष पोखरेल पुरस्कृत भएका हुन् । उनलाई पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको हो ।

उनलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले नगदसहित, दोसल्ला र सम्मानपत्रद्वारा पुरस्कृत गरेका थिए । पुरस्कृत पोखरेल नागरिक दैनिक गण्डकी ब्यूरो प्रमुख हुन् ।

यसअघि सो पुरस्कारबाट कृष्णमणी बराल, सागरराज तिमिल्सिना, विनोद लामिछाने, सुमन ढुंगना पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।