
पोखरा, साउन १२
पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापालाई मातृशोक परेको छ । संगीतकार तथा कन्दरा व्याण्डका सदस्य थापाकी ममतामयी आमा मायादेवी थापाको ७३ वर्षको उमेरमा आज अपराह्न ४ः२० बजे निधन भएको हो ।
उनी लामो समयदेखि पेट, छाती र मुटु सम्बन्धि समस्याबाट पीडित थिईन् । रोगले च्याप्दै लगेपछि एक हप्ताअघि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा आमाको निधन भएको छोरा सुनिल थापाले जानकारी दिए ।
स्वर्गिय आमाको शव थापा निवास नदीपुरमा राखिएको छ । उनको आईतबार पूर्वाह्न ९ बजे नदीपुरस्थित तुलसीघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
स्वर्गिय थापाको सुनिलसहित दुई छोरा र एक छोरी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।