
पोखरा, साउन १२
लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रमको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष तिमिल्सिना, विशेष अतिथि डिष्ट्रिक्ट ३२५ आईका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले क्लवले गरेको सामाजिक काम तथा रक्तदानको महत्वबारे बोलेका थिए ।
क्लवका अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव लेखनाथ पहारीले गरेका थिए ।
क्लवका अध्यक्ष तिवारीले रक्तदानसहित अन्य सामाजिक कार्य तथा सेवालाई आगामी दिनमापनि निरन्तरता दिने प्रतिबद्धता जनाए । रक्तदान कार्यक्रमको अवसरमा क्लवले वैज्ञानिक महाविर पुनको जीवनी पुस्तक प्रमुख अतिथि, अतिथि, रक्तदाता तथा अन्य सहभागि सबैलाई वितरण गरिएको पास्ट प्रेसिडेन्ट दीपेन्द्र राईले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।