पत्रकार सुरज थापा र विनु थापामाथीको कुटपिट तथा दुव्र्यवहार प्रति फोनिज गण्डकीको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराका पत्रकार सुरज थापामागर र विनु थापामगरमाथी लखनचोकमा सार्वजनिक सवारी चालकहरुले कुटपिट तथा दुव्यवार गरेपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघले घोर आपत्ति जनाएको छ ।

पत्रकारद्धय पर्सी हुने मगर पत्रकार संघको अधिवेशनको मिटिङ सकेर फर्कने क्रममा पठाओ भन्दै कुटपिट तथा दुव्यवहार गरेका हुन् ।

निर्दोष पत्रकारमाथी कुटपिट तथा दुव्यवहार गरेको भन्दै नेपाल फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ सुमनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,  ‘नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका सदस्य सुरज थापामगर र कास्की शाखाका उपाध्यक्ष विनाकुमारी थापामगरलाई पोखराको लखनचोकमा यातायात व्यवसायीहरूको आन्दोलनको रिपोर्टिङ गरिरहेका बेला केही उच्छृङ्खल र अराजक आन्दोलनकारीले सांघातिक आक्रमण र कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै भएको आक्रमण र कुटपिटबाट पत्रकारद्वय घाइते हुनुभएको र सवारीमा समेत क्षति पुग्न गएको छ । यस किसिमको आपराधिक घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौं । यो आक्रमण स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको हाम्रो ठहर छ । यस्तो आपराधिक क्रियाकलाप रोक्न र समयमै सच्चिन सम्बन्धित पक्षलाई सचेत गराउन समेत चाहन्छौं ।’

साथै, आक्रमण र कुटपिटमा संलग्न दोषी आन्दोलनकारीमाथि प्रशासनसमक्ष कडा कारबाहीको माग गर्दछौं ।
साथै विनु थापामगर मगर पत्रकार संघका अध्यक्ष तथा सुरज थापामगर उपाध्यक्ष हुन् । यस विषयमा पिडित पक्ष,प्रसासन तथा सुरक्षा निकाय विच छलफल जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।