
साउन १४ पोखरा । माउण्ट अन्नपूर्ण मा. वि.मा कक्षा ११ मा नवआगान्तु विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको नदीपुरस्थित मा. वि. मा आइतबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट सङ्कायका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
सो अवसरमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक बीना ढकाल, उत्प्रेरक रविन कट्वाल, विद्यालयका एकेडेमी डाइरेक्टर अशोक कुमार शाही, सञ्चालक समितिका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अतिरिक्त क्रियाकलाप संयोजक तेजबहादुर गुरुङ, प्रशासक चित्र गुरुङ, संस्थापक झम गुरुङ तथा +२ कार्यक्रम संयोजक कृष्ण लमसाल लगायतले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी नेपाल राष्ट्र बैंक पोखराका निर्देशक ढकालले विद्यार्थीलाई एकाग्रताका साथ आफ्नो लक्ष्य प्राप्तिमा सर्मपित हुन आग्रह गरिन् ।
यस्तै, उत्प्रेरक कटवालले शिक्षाको महत्वबारेमा प्रष्ट पार्दै जीवनमा धैर्य, लगन, साधाना लक्ष्य प्राप्तीका महान् सुत्र भएको बताउँदै विद्यालयले स्वदेशमै केही गरौ भन्ने भावना जागरुक गराउन आवश्यक रहेको जोड दिए ।
विद्यालय, पढाई हुने विषय र शिक्षण पद्धतीकाबारेमा जानकारी गराउँदै प्राचार्य सइन्द्रराज श्रेष्ठले आफुहरु विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिन हरदम प्रयासरत रहेको बताए । कक्षा १२ की क्यारोन गुरुङले विद्यालयले आफुहरुलाई पढाईसंगै अन्य सिपहरुमा पनि पोख्त बनाएको भन्दै विद्यालयको खुलेर प्रशंसा गरिन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको कक्षा १२ का सरिस राना र सिजन नेपालीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।