पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र वितरण गरिएको थियो ।
अधिवेशनको उद्घाटन राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवालले गरेका थिए । उनले संघ संस्थामा आवद्ध हुनु मात्र ठुलो कुरा होइन, संस्थाको हितमा काम गर्न सक्नु पर्ने वताए ।
त्यसै गरी राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा काक्की जिल्ला अग्र स्थानमा रहेको वताउँदै कास्की र स्याङ्जा जिल्ला लोक गीतको उर्वर भूमि रहेको समेत वताए ।
संघका केन्द्रिय सदस्य ऋषिराम दहालले कास्की शाखाको सचिव र अध्यक्ष पदमा रहदाँ दुई दुइवटा जागिर छाडेर संस्थाको लागि कार्य गरेको अनुभव सुनाएका थिए ।
संस्थाका सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघसंस्था संचालनका क्रमका वाधा व्यवधानहरु आउने भएकाले सदस्यहरुले नेतृत्वलाई सधैं सल्लाह सुझाव दिदैं सहयोग पनि गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
संघका कार्यबहाक अध्यक्ष कपिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष हरिराज कोइरालाले र संचालन सचिव सुनिल गायकले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






