
पोखरा, साउन १४
जनताको सुरक्षामा खटिने प्रहरीले नै लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको छ । जो अगुवा त्यहि बाटो हगुवा भनेझैं गरेर जनताको शान्ति सुरक्षामा खटिने प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा प्रहरी भ्यान पोखरा–६ शान्तिपाटनस्थित चौबाटोमा रहेको चौतारीमा ठोक्किएर दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय बैदामको ग.१झ. ५५१ नम्बरको प्रहरी भ्यान सिधै चौतारीमा गएर धस्सिदा चौतारीमा क्षेती पुगेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो चौतारी टान गण्डकीकै सौजन्यमा बनाइएको थियो ।
शर्मा थरका प्रहरीले चलाएको सो भ्यानले चौतारी भत्काएपछि स्थानियले घेराउ गरेका थिए । उनीहरुले मापसे गरेर सवारी चलाउने चालकलाई कारवाही हुनुपर्ने र चौतारी पुर्ननिर्माण गरिदिनुपर्ने भन्दै भ्यान लैजान अवरोध गर्ने प्रयास गरेका थिए ।
तर मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको सार्वजनिक हुने डरले प्रहरीले राती नै बल प्रयोग गरेर प्रहरी भ्यान लगेको उपाध्यक्ष आचार्यले बताए । हामी स्थानियले भ्यान नलैजान खबरदारी गरेका थियौं,उनले भने,‘तर प्रहरीले बल प्रयोग गरेर क्रेनको सहायताले भ्यान उचालेर लगे । सो भ्यान अहिले बैदाम प्रहरी कार्यालयमा राखिएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।