
साउन १४ पोखरा । पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा परिसरमा आज सन्ध्या आरतीको आयोजना गरियो । गुफा व्यवस्थापन समितिले विगत चार बर्षदेखि प्रत्येक सोमवार आरतीको आयोजना गर्दै आएको हो ।
तीन जना पण्डितद्धारा सुमधुर घुन सहित एक घण्टा प्रस्तुत गरिने आरतीमा विशेष गरि धुप, ध्यू, ल्वाङदानी, कपुर, मयूरपङख, सेतोचमर, अलैंचिदाना, लाछीधागो, फुलपाती लगायतका बिभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।
साउनको दोश्रो सोमवार आयोजित आरतीमा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको बताउँदै उनले भने, यसबाट आरतीलाई निरन्तरता प्रदान गर्न हौसला मिलेको छ । आरती सञ्चालनमा मासिक ३० हजार रुपैया खर्च हुने गरेको छ ।
पछिल्लो समय विभिन्न व्यक्तिहरुले आप्mनो र आफन्तको जन्मदिनको अवसरमा कर्ता बस्ने र आर्थिक सहयोग गर्ने दाताहरु त्था भक्तजनहरुले स्वस्फुर्त गरेको सहयोगले आरती सञ्चालनमा सहयोग पुगेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।