सेवा लिँदा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

साउन १५ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीलले विभिन्न निकायमा सेवा लिन लाग्नुपर्ने लाइनको अन्त्य र झन्झटरहित सेवाप्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रुपमा पाउने व्यवस्था गर्न उनले निर्देशन दिए ।

“आइतबार सचिवहरुबाट पनि केही कुराहरु आएका थिए, त्यो पर्याप्त छैन, संविधान र कानुनको अधिनमा रही मुलुक र जनताको हितमा काम गर्नुहोस्”, उनले भने ।

प्रधानमन्त्रीले तथ्याङ्कका आधारमा भन्दा पनि वर्तमान अवस्थाबारे बुझेर आफूले भनाइ राखेको समेत उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।