मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित




साउन १५ पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् ।

मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए ।

यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर र जुना थापामगर चयन भए ।

संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।